२६ जेष्ठ २०८३, मंगलबार

बोलेरो जिप दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु, तीन घाइते

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २८ जेठ । रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको रुकुम पश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।

आइतबार साँझ खलङ्गाबाट बाँफिकोट जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते हुनभएका उहाँहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पर्‍यााइएको थियो । तर उपचारका क्रममा उहाँहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते हुनुभएको छ । उहाँहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

बाँफिकोटमा फाइबर नेट विस्तार गर्न जानुभएका उहाँहरु छिनखेतमा बस्दै आउनुभएको थियो ।