
काठमाडौं, २७ जेठ । ६० किलो सुन तस्करी प्रकरणमा दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ पर्नुभएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यप मानन्धर र अथुकछाक खम्पा हुनुहुन्छ । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना हुनुभएको छ ।
उहाँहरूविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।
सुन तस्करी गरेर यी दुई माध्यमबाट रकम भुक्तानी भएको पाइएको अनुसन्धानबाट खुलेको छ ।









प्रतिक्रिया