१ असार २०८३, सोमबार

सात करोड बढि हिनामिना गर्ने स्क्वाएर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ ।

उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।