१५ कार्तिक २०८३, आइतबार

भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने केपी ओलीको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गर्नुभएको छ ।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको अध्यक्ष ओलीले बताउनुभएको हो । एमालेको जनसंगठन समन्वय संयन्त्रको आयोजनामा जेठ १६ र १७ गते सम्पन्न राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरिएको थियो ।

आइतबार पार्टी मुख्यालय च्यासलमा उहाँहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको धारणा व्यक्त गर्नुभयो । उहाँले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताउनुभयो।

अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गराउनुभयो । कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरू रचना खड्का र टुका हमालले स्वयंसेवकहरूलाई धन्यवाद दिनुभयो ।