
काठमाडौं, २७ जेठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय पदाधिकारीमा तीन जना नेता थपिएका छन् ।
हालै सम्पन्न युवा संघ बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दै उमेर ४० कटेका र दोहोरो जिम्मेवारीमा रहेका नेताहरूलाई संगठनबाट बिदा गरेको छ ।
युवा संघका प्रवक्ता निरोज पौडेल, महेश चौलागाई र सारदा पछाई केन्द्रीय कमिटी सचिवमा मनोनीत हुनुभएको छ ।
जेठ १९ र २० गते बसेको युवा संघको तेस्रो पूर्ण बैठकपछि जारी गरिएको सकुर्लरमा उमेर सकिएका, निस्क्रिय भएका १७ जनालाई बिदाइ गरिएको छ । युवा संघमा ४० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति बस्न पाइँदैन । ३७ जनालाई बिदाइ
गर्दै ती रिक्त स्थानमा युवा संघले नयाँलाई जिम्मेवारी प्रदान गरेको हो ।
युवा संघले तीन जना सचिवसहित कोषाध्यक्षको जिम्मेवारी नयाँलाई तोकेको छ ।
महासचिव सुमन पुरीले जारी गर्नुभएको सर्कुलरमा सचिव निरोज पौडेल, महेश चौलागाई, शारदा पछाईं र अर्थिक विभाग प्रमुखलाई पद परिवर्तन गर्दै कोषाध्यक्षमा राकेश राईलाई जिम्मेवारी तोकिएको छ । सचिव पौडेललाई प्रवक्ताकोसमेत जिम्मेवारी दिइएको छ ।
यसअघिका उपाध्यक्ष सीता सुवेदी, उपमहासचिव महेन्द्र गुरुङ, सचिव अनिता कन्दङवालाई बिदाइ गरिएको छ ।
यस्तै, सचिवालय सदस्यमा मदन गिरी, डिल्ली लिङ्देन, मदन भण्डारी कास्की, विनोल राई लक्ष्मी आचार्य र मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यस्तै १८ जनालाई स्थायी कमिटी सदस्यमा र २० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
अधिवेशन तोकियो
युवा संघले नेपालले प्रदेश, जिल्ला र पालिकाको अधिवेशन तोकिएको छ । असार मसान्तभित्र प्रदेश, भदौभित्र जिल्ला र मंसिर मसान्तभित्र पालिका अधिवेशन मिति तोकिएको संघका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्नका लागि संघले कमाण्डरसमेत तोकेको छ । कोशीमा प्रकाश गौतम, मधेशमा कृष्णहरि केसी, बागमती अमित लामा, गण्डकीमा महाराज गुरुङ, लुम्बिनी प्रदेशमा खेम शर्मा, कर्णालीमा शारदा पछाईं, सुदरपश्चिम प्रदेशमा रमेश तिवारीलार्य तोकिएको छ ।
प्रदेश इन्चार्जसमेत जिम्मेवारी हेरफेर
युवा संघ नेपालले मधेश, बागमती, गण्डकी, कर्णाली र अन्तरजिल्ला विशेष प्रदेशका इन्चार्जको जिम्मवारी हेरफेर गरेको छ । मधेशमा मनिष श्रेष्ठ, बागमतीमा चीन लामा, गण्डकीमा विकास अधिकारी, कर्णालीको सहइन्चार्जमा किरण किशोर सापकोटा र अन्तरजिल्ला विशेष प्रदेशको सहइन्चार्जमा प्रविन अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश भेला
युवा संघ नेपालले सातवटै प्रदेशमा प्रदेश भेलाको आयोजना गरेको छ । संगठनको सांगठनिक जीवनलाई प्रभावकारी बनाउन र संघको आगामी कार्यदिशा कार्यभार र युवाका वर्तमान चुनौति र अवसर लगायतको बिषयलाई केन्द्रीत गरेर भेला आयोजना गर्ने निर्णय गरेको हो ।
कोशीम असार, बागमती साउन, मधेशमा भदौ १० गतेभित्र, लुम्बिनी भदौ २० गतेभित्र, गण्डकी भदौ ३० गतेभित्र, कणाली असोज १५ गतेभित्र र सुदूरपश्चिम प्रदेशमा असोज मसान्तभित्र सम्पन्न गर्नेगरी तयारी गरिएको छ ।
यस्तै, बैठकले आगामी भदौ ७ र ८ गते आर्टिफिसियल इन्टिलिजेन्स कन्फ्रेन्स गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया