१ कार्तिक २०८३, आइतबार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जेठ २२ गते मंगलबारदेखि २४ गते बिहीबार (तीन दिन)सम्म इमाडोल स्थित बलपार्क स्पाेर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइसिएफसि फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइसिएफसि फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छ्रे बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइसिएफसि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिगलगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । नेपाली क्रिकेटको विकासको लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनसमेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का सम्पूर्ण प्रायोजकहरु, सहभागी बैंक तथा वित्तीय संस्थाहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्नुभएका व्यक्ति/संस्थाहरुलाई बैंकले हार्दिक आभार व्यक्त गरेको छ ।