१७ असार २०८३, बुधबार

कर्णाली नदीको झोलुंगे पुलमा फसेका दुई खच्चडको मृत्यु, ११ वटाको उद्धार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । कर्णाली नदीमाथिको झोलुंगे पुलको एउटा लठ्ठा चुँडिदा फसेका १३ वटा खच्चरमध्ये दुईवटाको मृत्यु भएको छ ।

उद्वारका क्रममा दुईवटाको नदीमा खसेर मृत्यु भएको हो । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णालीमाथिको पुलको लट्ठा चुँडिँदा आइतबार बिहान १३ खच्चड फसेका थिए ।

खच्चडको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्वार गरेका हुन् । जाली काटेर सबै खच्चरलाई नदीमा खसालिएको थियो । जसमध्ये ११ वटाले नदी पार गर्न सफल भए भने दुईवटा डुबेका हुन् ।