
रौतहट, २७ जेठ । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ।
रौतहटको कटहरिया नगरपालिका-३ बडका बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
मलेसियास्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उहाँको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछी सनिवार साँझ उहाँको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।
हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उहाँको डाहसंस्कार गरिएको कटहरिया–३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताउनु भएको हो ।
मलेसियास्थित नेपाली राजदूतावासले उहाँ काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।पछिल्लो एकवर्षदेखि उहाँ वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहनु भएको थियो ।








प्रतिक्रिया