२० असार २०८३, शनिबार

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ वटा खच्चड पुलमै फसे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत २७ जेठ । कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड फसेका छन्।

आज बिहान सामान बोकेर पुलमाथि हिँडिरहेका खच्चड पुलको लठ्ठा चुँडिदा पुलमै फसेका हुन् । दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिएको हो ।

पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेका हुन् । पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको छ ।

अहिले सुरक्षाकर्मीहरूले उद्वारको प्रयास गरिरहेका छन् ।