१९ असार २०८३, शुक्रबार

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरूद्व सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । रिटको सुनुवाई पूर्ण इजलासमा तोकिएको थियो ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गर्नुभएको थियो । उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो ।

यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभयो । कानुन व्यवसायी छँदा हिक्मतकुमारविरुद्ध बहस गर्नुभएको उहाँले न्यायाधीशका रूपमा सरकारबारेको सोही प्रकृतिको मुद्दा हेर्न नमिल्ने भएपछि रिट हेर्न नमिल्नेमा परेको हो ।