
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीसँग भेटवार्ताका लागि अध्यक्ष ओली बालुवाटार पुग्नु भएको थियो । उहाँहरूबीच समसामयिक राजनीतिक, बजेट, प्रदेश सरकार लगायतका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
प्रधानमन्त्री प्रचण्ड आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । भारत प्रस्थान गर्नुअघि उहाँहरूबीच छलफल भएको हो ।








प्रतिक्रिया