
काठमाडौं, २७ जेठ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तोलाको १ हजार ९ सयमा कारोबार भएको थियो ।








प्रतिक्रिया