
काठमाडौं, २७ जेठ । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन् ।
यसअघि ब्राजिलका लागि आन्द्रेज पेरेइरा र गाब्रियल मार्टिनेलीले एक/एक गोल गरेका थिए ।
त्यस्तै, मेक्सिकोका लागि जुलियन क्युइनोनेज र गुइलेर्मो मार्टिनेजले एक/एक गोल गरेका थिए ।
कोपा अमेरिका खेल्ने तयारीमा रहेको ब्राजिलले त्यसअघि अमेरिकासँग मे १३ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
कोपा अमेरिकामा ब्राजिल समूह ‘डी’ मा रहेको छ । यस समूहमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् ।
ब्राजिलले कोपाको पहिलो खेल कोस्टारिकासँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।









प्रतिक्रिया