
काठमाडौं, २७ जेठ । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले आज आइतबार आफ्नो तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।
शुक्रबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका मोदीले आज आइतबार साँझ शपथ लिन लाग्नुभएको हो ।
धेरैको मनमा प्रश्न हुन सक्छ कि उहाँले आफ्नो तेस्रो कार्यकालको लागि शपथ लिन आइतबार जुन ९ लाई नै किन रोज्नुभयो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदीले ज्योतिषीहरुको सल्लाहमा शपथ आइतबार जुन ९ का लागि तय गर्नुभएको हो । ज्योतिषीहरुका अनुसार शपथ मिति परिवर्तनको कारण जुन ९ मा हुने बलियो शुभ योग हुन सक्छ ।
ज्योतिषी डा. गौरव कुमार दीक्षितका अनुसार जुन ९, २०२४ ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथी (विक्रम संवत् २०८१) आइतबार हो, आजको दिनलाई प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि निकै शुभ रहेको छ ।
ज्योतिषीका अनुसार आइतबार, जुन ९ सूर्यको दिन हो र सूर्यले मात्र शासन गर्दछ । ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहहरूको राजा र शासनको कारक पनि मानिन्छ । अंकशास्त्रका अनुसार नम्बर ९ ले मंगल ग्रहलाई जनाउँछ र मंगल ऊर्जाको कारक हो । सूर्य र मंगल दुवै मिलाएर मोदीले शपथ लिन लाग्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।









प्रतिक्रिया