३१ जेष्ठ २०८३, आइतबार

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, २७ जेठ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता हुनुभएको थियो । उहाँको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताउनुभयो ।

पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।