२६ जेष्ठ २०८३, मंगलबार

भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराए जानकारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । शनिबार साँझ प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार नयाँ दिल्ली जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उहाँकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।