
काठमाडौं, २६ जेठ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएका परम्परा र संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार राजधानीमा एमालेको पर्यटन प्रर्वद्धन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वभरिका हिन्दू र बौद्ध धर्मप्रति आस्थावान पर्यटकका लागि नेपाल विशेष गन्तव्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा धार्मिक पर्यटनका प्रचुर सम्भावनाहरु छन् । खासगरी विश्वभरिका हिन्दू र बौद्ध धर्मावलम्वीका लागि अझ विशेष गन्तव्य हो नेपाल । भगवान शिवको विशेष धर्तीका रुपमा रहेका कारण नेपालमा हिन्दू धर्मप्रति आस्था राख्नेहरुका लागि महत्वपूर्ण भूमिका रुपमा नेपाललाई लिइन्छ । अर्को, भगवान गौतम बुद्धको जन्मभूमि पनि यहीँ हो । बुद्धको जन्मथलो मात्र नभइ संसारभर वुद्धिजम प्रभावसमेत गरिरहेको छ । बुद्धिजमको मुहान र स्रोत पनि हो नेपाल ।’ सरकारले नेपालमा रहेका हरेक संस्कृति र परम्पराहरुको संरक्षण गर्नुपर्ने ओलीको भनाइ थियो ।
नेपालमा पर्यटनको विकास र आर्थिक समृद्धिका लागि इतिहास र धर्म सम्बन्धि खोजमुलक ग्रन्थहरु बजारमा ल्याउनुपर्नेमा उहाँको जोड थियो ।








प्रतिक्रिया