२ असार २०८३, मंगलबार

क्यान्सर पीडित नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहनुभएका कलाकार घनश्याम गौतम थप उपचारका लागि भारत जानुहुने भएको छ ।

आन्द्रामा तेस्रो स्टेजको क्यान्सरसँग लडिरहनुभएका नक्कली‘प्रचण्ड’को उपनामले चिनिनुभएका घनश्याम गतवर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क पर्नुभएका बेला क्यान्सर भएको पुष्टि भएपछि एक वर्षदेखि ओछ्यानमा थलिनुभएको छ ।

उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ । गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ । गोरेटो कन्सलट्यान्सीले उहाँकै निवासमा पुगेर रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो ।

विगत वर्षदिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ ,‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदैछु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन् ।’

क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटोले पछिल्ला दिनमा विभिन्न किसिमका सामाजिक क्रियाकलापमा पनि हात हाल्दै आएका बेला कलाकार गौतमको घाउमा सानै भए पनि मलम लगाउने प्रयास गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताउनुभयो । कँडेल भन्नुहुन्छ ,‘कलाकार गौतमको शीघ्र स्वास्थ्य लाभको कामना छ । यस्तो गम्भीर रोगमा कलाकारको उपचारमा राज्य नै संवेदनशिल भएमा नागरिकले समयमा उपचार पाउनुपर्छ ।’

त्यस्तै, गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी र एड्भाइजर राम खड्काले पनि कलाकार गौतमको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।