३० असार २०८३, मंगलबार

शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग कि नियत ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गर्नुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।’

सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।