५ असार २०८३, शुक्रबार

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली जानुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ । प्रधानमन्त्रीसँग उहाँकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएका मोदीले आइतबार साँझ ७ः१५ बजे शपथ लिनुहुनेछ ।