३१ जेष्ठ २०८३, आइतबार

नेपाल मोबाइल व्यवसायी महासंघमा नयाँ नेतृत्व

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नेपाल मोबाइल व्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित हुनुभएको छ ।

शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महासचिवमा सन्तोष घिमिरे निर्वाचित हुनुभएको छ ।

यसैगरी, सचिव पदमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्षमा श्यामसुन्दर नगरकोटी, सहकोषाध्यक्षमा लबकृष्ण श्रेष्ठ तथा वरिष्ठ सदस्यमा अनुपमा केसी निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिनुभयो । महासंघको विधानमा पदाधिकारी र सदस्य गरी ४९ जना रहने व्यवस्था छ ।

महाधिवेशनबाट व्यवसायीले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने, ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा व्यवसायीसम्म पुग्दा व्यवसायीहरुले प्रहरी प्रशासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै व्यवस्थित बनाउन सरकारलाई दबाब दिनेसहितका एजेन्डा पारित गराएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी भएको नवनिर्वाचित उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । महासंघको हालसम्म सात प्रदेश र ५८ जिल्लामा शाखा विस्तार भइसकेको छ ।