२५ असार २०८३, बिहिबार

रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको निधन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । भारतको हैदराबादस्थित रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको शनिबार बिहान निधन भएको छ ।

रामोजी ग्रुपका संस्थापकसमेत रहनुभएका रावको शनिबार बिहान ४ः५० मा ८७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई गत जून ५ मा अस्पताल भर्ना गरिएको थियो ।

रामोजी पछिल्ला दिनमा स्वास्थ्य समस्याबाट ग्रस्त हुनुहुन्थो । उहाँको पार्थिव शरीरलाई रामोजी फिल्म सिटीस्थित उनको आवासमा लैजाने तयारी भइरहेको छ । जहाँ उहाँका परिवार, साथी र फ्यानले अन्तिम श्रद्धाञ्जी दिनेछन् ।

रामोजीको वास्तविक नाम चेरुकुरी रामोजी राव थियो । सन् १९३६ नोभेम्बर १६ मा एक मध्यमवर्गीय परिवारमा जन्मनुभएका रामोजीले व्यापार र फिल्म दुनियाँबाट नाम र दाम दुवै कमाउनुभयो । उहाँले रामोजी ग्रपअन्तर्गत विश्वकै सबैभन्दा ठूलो फिल्म स्टुडियो रामोजी फिल्म सिटी, ईटीवी नेटवर्क, डल्फिन होटल, मार्गदर्शी चिटफण्ड र ईनाडू तेलुगु पत्रिका सुरुवात गर्नुभयो ।

उहाँको सम्पत्ति ४ दशमलब ७ अर्ब डलरभन्दा बढी छ । उहाँको उषाकिरण मुभिज नामक प्रोडक्सन हाउस पनि छ, जुन हाउसमार्फत उहाँले कैयौं सुपरहिट तेलुगू फिल्म दर्शकलाई दिनुभएको छ ।

उहाँले सन् १९८४ बाट फिल्मको प्रोडक्सनको काम सुरु गर्नुभयो । उहाँले ‘प्रतिघात’, ‘नुभे काभाली’, ‘भेडी’ र ‘थोडा तुम बदलो थोडा हम’ जस्ता ब्लकबस्टर फिल्म बनाउनुभएको छ ।

उहाँले सन् २००० मा फिल्म ‘नूवी कवाली’ का लागि नेशल अवार्ड पनि जित्नुभएको थियो । उहाँ सन् २०१६ मा पद्म विभूषणबाट सम्मानित हुनुभएको थियो ।

उहाँको परिवारमा श्रीमति रमा देवी र दुई छोरा छन् । उहाँको कान्छो छोरा चेरुकुरि सुमनको सन् २०१२ मा ल्यूकेमियाका कारण निधन भएको थियो ।