३० जेष्ठ २०८३, शनिबार

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । काठमाडौंका विभिन्न स्थानमा आज शनिबार विद्युत् अवरुद्ध हुनेभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालयलगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ ।