२३ जेष्ठ २०८३, शनिबार

राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ ।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गर्नुभएको थियो ।

अब उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ । उहाँ यसअघि पनि सोही कमिटीमा सदस्य हुनुहुन्थो ।

राणाले ऐतिहासिक जितका लागि पाएको साथ सहयोगको लागि राणाले सबैप्रति कृतज्ञ भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो । सबैभन्दा बढी भोट प्राप्त भयो (१४६) सबैको अपार शुभकामना र मायाको लागि हृदय देखि कृतज्ञ छु ।’

२३ सदस्य रहने समितिले राष्ट्रसंघमा महिलाबारे विभिन्न राष्ट्रले जनाएका प्रतिबद्धता कार्यान्वयन गराउन कार्य गर्दछ ।

यस्तै, महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्नेदेखि विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्याका बारेमासमेत समितिले कार्य गर्दछ ।

समितिको कार्यालय जेनेभामा रहेको छ ।