२५ असार २०८३, बिहिबार

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । आज संसद्का छवटा समितिको बैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका बैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।

आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समयतालिका छ ।

संसदका दुई सदन प्रतिनिधि सभा जेठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेठ २८ गते अपरान्ह १३ः१५ बजे बस्नेछन् ।