३१ जेष्ठ २०८३, आइतबार

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दै सिंह

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि आज मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले दाबी पेश गर्नुहुनेभएको छ ।  हिजो जनमत पार्टीलाई ठूला पार्टीहरुको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यस पार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो ।

प्रदेश सरकारमा को-को रहने भनेर रातभर नै दलका नेताहरुको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेश गर्न समय दिनुभएको थियो ।

११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ ।

त्यस्तै, साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।