
भक्तपुर, २४ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट बुधबार चार जना चिनियाँं नागरिक पक्राउ परेका छन् ।
भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । स्रोत नखुलेको ६९ लाख पाँंच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
थप कारबाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाउनुभयो ।
पक्राउ पर्नेहरुमा चिनियाँं नागरिक भई काठमाडौं बस्ने ३२ वर्षीय छयाग युन, ५० वर्षीय छिग छियालिग, २४ वर्षीय क्यो हावरण र ३६ वर्षीय डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया