
काठमाडौं, २३ जेठ । काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले शुक्रबार आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।
एनसेल, युकेएड र एसिया फाउण्डेसनसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढी विशिष्ट र विज्ञ वक्ताहरु रहेका छन् ।
काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ भने समापनको पावर संवादमा केपी शर्मा ओलीको सहभागिता हुनेछ ।
यसैगरी, सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो ।
कन्क्लेभमा डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । लगभग २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहने आयोजकले जानकारी दिएको छ ।
हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन् ।
वर्षको ठूलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढीको सहभागिता रहनेछ ।
फाउण्डेसनले यस वर्ष प्रि९इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ ।
सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो ।
यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपूर्ण र प्रभावकारी हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया