२ असार २०८३, मंगलबार

अध्यक्ष ओलीद्वारा बृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गर्नुभएको छ ।

आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गर्नुभयो ।

अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ ।

अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यहरुलाई हौसला दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानरसहित र्‍याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विविन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ ।