२५ जेष्ठ २०८३, सोमबार

उपेन्द्र यादवको रिटको पेशी न्यायाधीशद्धय रेग्मी र श्रेष्ठको इजलासमा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटको आज सुनुवाइ हुँदैछ ।

उपेन्द्रले दायर गर्नुभएको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

रिट सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइको सम्भावन भने ज्यादै न्यून छ । ३१औं नम्बरमा पेशी परेको हुँदा सुनुवाइको सम्भावना ज्यादै न्यून बनेको हो ।

यसअघि यो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत जानुभएको हो ।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् ।

अहिले सरकार छाडेलगत्तै यादव अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत जानुभएको हो ।

उहाँले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराउनुभएको छ । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गर्नुभएको छ ।