
संखुवासभामा, २२ जेठ । संखुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ आज हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थ्रू’ गर्नुहुनेभएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी ९ (एसजेबिएन)ले गरिरहेको छ ।
यस्तै, प्रधानमन्त्री दाहालले आजै आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रू गरी ड्यामसाइट र पावारहाउसको हवाई अनुगमन गर्नुहुनेभएको छ ।
आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ ।
सरासर आयोजनाको बाँकी कार्य अघि बढेमा करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ ।








प्रतिक्रिया