२५ जेष्ठ २०८३, सोमबार

गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीको जवाफ- बालेनलाई सोध्नुस्

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-स्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गर्नुभएको छ ।

सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भन्नु भएको हो । गिरीबन्धु टी-स्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाउनु भएको थियो ।

बालेनले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गर्नुभएको थियो ।