
काठमाडौं, २१ जेठ । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनु भएको छ ।
उहाँले निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानलाई पराजित गर्नु भएको हो । पोखरेलले ३१३ मत ल्याएर निर्वाचित हुनुभयो भने स्याङतानले २६२ मत मात्रै पाउनुभयो । पोखरेल एकीकृत समाजवादीबाट एमालेमै फर्किनु भएको थियो ।
यस्तै, उपाध्यक्षमा हिदम लामा निर्वाचित हुनुभयो भने सचिवमा सीता विष्ट निर्वाचित हुनुभयो । यस्तै, खुला उपसचिव फुर्वा दोर्जे लामा निर्वाचित हुनुभयो भने महिला उपसचिव आरती पाठक विजयी हुनुभयो ।








प्रतिक्रिया