२६ जेष्ठ २०८३, मंगलबार

न्यूरोडमा महानगर र सडक विभाग आमने सामने, तनावकैबीच धमाधम पिच

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ ।

सडक विभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक विभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ । अहिले केहि स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरेका थिए ।

लगत्तै नेपाल प्रहरी पनि न्युरोड पुगेको थियो। नेपाल प्रहरी पुगेपछि नगर प्रहरीसँग केहीबेर वार्ता भयो। अहिले नगर प्रहरी त्यहाँबाट फर्किएको छ। अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन्।

यस अघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाउनु भएको थियो ।