
हेटौंडा, २१ जेठ । नेकपा (एमाले) मकवानपुरको १२औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला नेतृत्वको लागि आइतबार भएको निर्वाचनको मतगणना आज हुँदैछ ।
मतगणना हेटौंडा-४ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुने निर्वाचन अधिकृत सुजन तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले अधिवेशनमा ७ सय ७७ प्रतिनिधि मध्ये ७ सय ६५ जना प्रतिनिधिले मतदान गर्नुभएको बताउनुभयो ।
अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।
जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालले उम्मेदवारी दिनुभएको थियो ।
यसैगरी, उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालले उम्मेदवारी दिनुभएको छ ।
सचिवमा मदनकुमार दाहाल, सीता विष्ट र राजन थापा, उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज जर्घा मगरको उम्मेदवारी छ भने उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी रहेको छ ।








प्रतिक्रिया