२५ असार २०८३, बिहिबार

उदयपुरमा फेरि ३ सय केजी गाँजा बरामद

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी आइतबार साँझ उदयपुरमा तीन सय केजी गाँजा बरामद गरेको छ ।

बेलका नगरपालिका–८ सिसौलिघाटस्थित सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा सिसौलिघाटको जंगलमा सात वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा तीन सय केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

आइतबार बिहान पनि सोही स्थान नजिकै दुई सय ८० केजी गाँजा बरामद भएको थियो । यस स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उहाँको भनाइ छ ।

बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।