२७ जेष्ठ २०८३, बुधबार

राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरूद्व सहकारी ठगी प्रकरणमा मुद्दा दायर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जना विरूद्व सहकारी ठगी आरोपमा मुद्वा दायर भएको छ ।

पूर्वी नवलपरासीमा रहेको छिपछिपे सहकारी संस्था लिमिटेडको करोडौँ रकम अपचलन गरेको आरोपमा बस्नेतसहित ३५ जनाविरूद्व जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।बस्नेतलाई फरार सूचीमा राखेर मुद्दा दायर भएको हो ।

अनुसन्धानका क्रममा सहकारीका दुई हजार तीन सय ९३ जना बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ अपचलन भएको देखाएको छ । उनीहरूमध्ये १० जना पक्राउ परेका छन् र सांसद बस्नेतसहित बाँकी २५ जना फरार छन्।

पक्राउ पर्नेहरूमा ३६ वर्षीय योगेन्द्र पाण्डे, ३४ वर्षीय शिवलाल लामिछाने, ५० वर्षीय नगेन्द्रबहादुर रिमाल, ४८ वर्षीय ढुण्डिराज गौतम, ३८ वर्षीय कृष्णप्रसाद ज्ञवाली, सञ्जिव कुमार महतो, ३४ वर्षीय विकास सापकोटा, ३७ वर्षीय तिर्थराज पैनी, ३१ वर्षीया सुनिताकुमारी न्यौपाने र ४६ वर्षीय गोपिकृष्ण शर्मा छन्।