२२ असार २०८३, सोमबार

बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौंबाट पक्राउ

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । भारतमा हत्या गरिएका बंगलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार सियामको पक्राउपछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल सुरु गरको छ ।

भारत उपचार गर्न पुग्नुभएका बंगलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल मे १३ देखि सम्पर्क विहीन हुनुभएको थियो । पछि उहाँ कोलकातामा मृत फेला पर्नुभएको थियो । उहाँको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

बंगलादेशी सञ्चारमाध्यमहरुमा पनि सियाम काठमाडौंबाट पक्राउ परेको उल्लेख गरिएको छ ।

अनवारुलको हत्यालाई सुन तस्करीसँगसमेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।