१९ असार २०८३, शुक्रबार

मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।

चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो ।

यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।