२३ जेष्ठ २०८३, शनिबार

संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफल गर्ने कार्यसूची

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते (मंगलबार) संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

आजै दिउँसो सवा १ बजे सुरु हुनेगरी बोलाइएको राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । योसँगै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेद सभा समक्ष पेश गर्ने संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेले जानकारी गराउनुभएको छ ।