१ असार २०८३, सोमबार

परिवर्तन विरोधी भाष्य चिर्न बुद्धिजीविले अगुवाई गर्नुपर्छ : विजय गौतम

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० जेठ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरुले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको बताउनुभएको छ । गौतमले बुद्धिजीवीहरुले त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाई गर्नुपर्ने जिकिर गर्नुभयो ।

माओवादी केन्द्रका मकवानपुर इन्चार्जसमेत रहनुभएका नेता गौतमले पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो । गौतमले भन्नुभयो, ‘राष्ट्र निर्माणमा गलत भाष्यले अवरोध पैदा गर्दछ । सही भाष्यबाट सुसज्जित नागरिक र राष्ट्रले मात्र प्रगति हासिल गर्न सम्भव छ ।’

सम्मेलनमा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारीले पार्टीले बुद्धिजीविहरुलाई नजिक राखेर हिँड्न सक्दा मात्र सफलता हासिल गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछानेले बुद्धिजीवीको महत्व क्रान्तिकालमा भन्दा समृद्धि यात्रामा अझ बढ्ने चर्चा गर्नुभयो ।

सम्मेलनमा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद प्रेम बहादुर पुलामी, जिल्ला संयोजक भीम पाख्रिन, बुद्धिजीवी संगठनका प्रदेश अध्यक्ष कृष्ण कोपिलालगायतले बुद्धिजीवि संगठनको योगदान र आवश्यकता बारे चर्चा गर्नुभएको थियो ।

सम्मेलनले दीर्घनारायण भट्टराईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा उप्रेति र बुद्धि ढकाल, सचिवमा विदुरप्रसाद लामिछाने, सहसचिवमा सूर्य तुम्सिंग र कोषाध्यक्षमा श्रृजना पौडेल निर्वाचित हुनुभएको छ ।

सम्मेलनमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, पार्टी जिल्ला सचिव वीरबहादुर घलान, मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो ।