२७ असार २०८३, शनिबार

सहकारीले उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा आज यहाँ आयोजित सहकारी संस्थाहरूको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले मझौला तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यसबाट कच्चा पदार्थमार्फत बाहिरिने विदेशी मुद्रा सञ्चिति पनि बचत हुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘गरिबी उत्थान र कृषि उत्पादनमा सरकारीको मुख्य जोड हुनुपर्छ ।’ मुख्यमन्त्री कार्कीले प्रदेशमा सञ्चालित सहकारी संस्थाले जनताको आर्थिक समृद्धि कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै सरकारी संस्थामा कुनै समस्या आउन नदिनका लागि आवश्यक अनुगमनमा विशेष ध्यान दिनुपर्नेमा विचार राख्नुभयो ।

उहाँले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । अन्तरक्रियामा सहकारी अभियन्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरूको सहभागिता रहेको छ ।