८ श्रावण २०८३, शुक्रबार

‘भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति मौलायो’

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने गलत प्रवृत्ति रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले जिल्ला संघहरु खेल विकास र विस्तारको निम्ती सजिलै खेल्न सकिने खेलहरुले ७७ जिल्लामा नै खेल संघ विस्तार गर्न सकिने तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति विकास भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले खेल विकास र विस्तारको निम्ती ७७ वटै जिल्लामा खेल संघ विस्तार गर्न सकिन्छ । तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने मात्र जिल्लामा संघ बनाउने काम भएको छ । जुन गलत छ ।’

उहाँले खेलकुदको कार्यक्रममा आसन र भाषणले समय वर्वाद गरिराखेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । धेरै भन्दा धेरै खेलकुदलाई व्यवस्थित र व्यवसायिक बनाउने कुरामा परिषद्को जोड रहेको उहाँको भनाई छ ।

Skip This