
धनुषा, १९ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताउनुभएको छ ।
जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शभारम्भ गर्नुहुँदै उहाँले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो । सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्याउँदछ ।’
सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताउनभयो ।








प्रतिक्रिया