७ असार २०८३, आइतबार

तस्करीको ९० बोरा धानसँगै एक जना समातिए

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । भारतबाट तस्करी गरी ल्याइएको ९० बोरा धानसहित एकजनालाई रौतहटमा समातिएको छ ।

रौतहटस्थित नेपाल प्रहरीको गस्तिले ईशनाथ नगरपालिका वडा नम्बर ४ मा ३ हजार ४ सय किलो अर्थात ९० बोरा धान बरामद गरेको हो । १ लाख ४९ हजार ६ सय मूल्य बराबरको धान लिएर नेपाल पस्दै गरेका राजपुर नगरपालिकाको वडा नम्बर ६ बस्ने अमर साह पनि समातिएका छन् ।

भारतीय सीमासँग जोडिएका नाकाबाट अत्यधिक मात्रामा भारतीय धान भित्रिन थालेपछि यहाँका किसानहरु मर्कामा परेका छन् । भारत सरकारले आफ्ना देशका धान किसानलाई धान खेतीमा अनुदान तथा सुविधा उपलब्ध गराएकाले भारतीय धान सस्तो हुने भएपछि खुल्ला सीमाका कारण अवैध रुपमा भारतीय धान आयात भएर नेपाल भित्रिन थालेको स्थानिय बताँउछन् ।

भारतबाट भित्रिने धानमा कृषि विकास शुल्क लागे पनि चोरी तस्करी भई भित्रिने धानका कारण सरकारको राजस्व प्रभावित हुने गरेको छ । नेपाली धान भन्दा भारतीय धान सस्तो भएपछि गल्ला व्यापारीले बिचौलिया मार्फत खुल्ला सीमाको फाइदा उठाउँदै दैनिक ठूलो परिमाणमा भारतीय धान भित्र्याउने गरेको स्थानियको भनाई छ ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुने गर्दछ । तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा तस्करी बढेको गुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।