१९ असार २०८३, शुक्रबार

प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र रेग्मी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीमबहादुर दाहाल, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत नान्तीराज गुरूङ रहनुभएको छ ।