६ असार २०८३, शनिबार

लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । सरकारले कानून बमोजिम इजाजतपत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमति नलिइएका हतियार घर बाहिर लैजान नपाउने निर्णय गरेको हो । हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ ।

तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ ।