२८ असार २०८३, आइतबार

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री सेल्सियस

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।

भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो ।

मौसम विभागकाअनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो । उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेशनले बुधबार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो ।

मंगलबार सोही स्टेशनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो ।

उही समयमा, दिल्लीको दुई मौसम स्टेशनहरूमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड – एक दक्षिण दिल्ली र एक आर्य नगरमा मंगलबार पनि तोडिएको थियो ।

भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड गरिएको थिएन ।