२२ जेष्ठ २०८३, शुक्रबार

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत हुनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मनुभएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै संघको केन्द्रीय सदस्य र महामन्त्री हुनुभएको थियो । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उहाँले काम गर्नुभएको थियो ।