१५ असार २०८३, सोमबार

मन्त्रीहरुलाई रारा प्रवेशमा रोक

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १७ जेठ । मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ ।

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गर्नुभएको हो ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठूलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उहाँले बताउनुभयो ।

रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उहाँको भनाई छ ।

एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उहाँले आरोप लगाउनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई भने रारामा स्वागत गरिएको बताउनुभएको छ ।